माइतीघरबाट अमेरिकी र चिनियाँसहित पाँचजना पक्राउ

काठमाडाैं -  सरकारविरुद्ध काठमाडौँमा भइरहेको प्रदर्शनमा प्रहरीले ५ जना विदेशी सहित ८ जनालाई नियन्त्रणमा लिएको छ । शनिवार बिहान माइतीघर मण्डलाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एक अमेरिकी, एक चिनियाँ, एक फ्रेन्च, एक क्यानडेली र एकजना अष्ट्रेलियन नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हाे। यस्तै तीनजना नेपाली नागरिकलाई पनि प्रदर्शनस्थलबाट नियन्त्रणमा लिएको छ ।…