काठमाडाैं - विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा लागू गरिएको लकडाउनको मौका छोपी धनुषामा काठ तस्करीको क्रम बढेको छ । जिल्लाका उत्तर–पश्चिममा अवस्थित मिथिला नगरपालिका—११ को तल्लो तुलसी ढाडखोलामा पर्ने सुन्दर सामुदायिक वन र राष्ट्रिय वनबाट काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ । लकडाउनका वेला हरियो…