जनकपुर – जनकपुरधाम उपमहानगरपालिका–५ मा रूपैयाँ छरेर कोरोना भाइरस सङक्रमण गराउन खोजेको आरोपमा पक्राउ गरिएका महिलाको स्वाब परीक्षण परिणाम ‘नेगेटिभ’ देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा महिलाको स्वाबको पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको हो । प्रदेश प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहका अनुसार हिजो तीव्र प्रविधिबाट परीक्षण गर्दा एक महिलाको नतिजा ‘पोजेटिभ’ आएकामा आज ती…