बागलुङकी ६५ वर्षीय वृद्धाको अन्तिम रिपोर्ट पनि नेगेटिभ,आइतबार घर फर्काइने

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिला निको भएर घर फर्किने भएकी छन् । बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई घर फर्काउन लागिएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिए । चैत १९ गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । शनिबार…