चितवन - क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ । राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए । उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्याउन जाने क्रममा थपलियालाई…