सुर्खेत - सुर्खेतका ख्रिस्टियनको छाता संगठन इसाई समाज सुर्खेतले स्थानीय सरकारलाई ५ लाख ३० हजार ४०० रुपैयाँ सहयोग गरेको छ । कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा परेकाको राहत तथा उपचारका लागि भनेर समाजले सुर्खेतका ७ वटा स्थानीय तहमा सहयोग गरेको हो । इसाई समाजका सुर्खेतका अध्यक्ष रेभ पास्टर पद्म गैरे नेतृत्वको टोलीले नगरपालिकाको…