नरेन्द्रसिंह कार्की /दार्चुला – मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसेका छन् । बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन हुँदा पनि उनले भारतीय क्वारेन्टाइनबाट नेपाल आफ्नो जन्मभूमि घर आउन नपाउँदा कालीपारि कै क्वारेन्टाइनमा किरिया बस्नुपरेको हो । तीन महिनाअघि भारतमा मजदूरी गर्न गएका भट्ट लकडाउनपछि…