काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचार, निदान, नियन्त्रण अभियानका खाटिएका सबै स्वाथ्यकर्मी र सुरक्षाकर्मीलाई र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्न आग्रह गरेको छ । मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उपचार प्रक्रियामा संलग्न सबैलाई आरडीटी परीक्षणका लागि आग्रह गरेको हो । यस्तै, चैत महिनामा विदेशबाट आएका सबैलाई उक्त परीक्षणका लागि आग्रह गरेको छ…