काठमाडाैं - पेशागत संघ तथा महासंघको भुमिका विशेष समय र सन्दर्भमा हुन्छ र हुनुपर्दछ। अहिले कतिपयले विश्वयुद्धको रुपमा अर्थ्याएको र विश्वस्वास्थ्य संगठनले विश्वमहामारीको घोषणा गरिसकेको कोरोना भाईरस संक्रमण (काेभिड-१९) संग विश्वसमुदाय लडिरहेको छ। २२ लाख वढी मानिसहरु संक्रमित भएको र डेढलाख वढि मानिसको ज्यान समेत लिएको यो भाईरसवाट संसारका सवै मुलुकहरु प्रभावित रहेका छन्। विश्वशक्तीशाली…