काभ्रे - सुनकोशी नदीमा खसेर बेपत्ता भएका दुईजना मध्ये एकको शव फेला परेको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ सापिङस्थित भित्री सडकखण्डको सिलामे भीरमा बुधबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा सवार दुईजना सो नदीमा खसेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा भएको खोजीकार्यका क्रममा…