काठमाण्डु – अनशनरत डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । जुम्लामा अनशनरत डा. केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लैजाने भनिएपनि ट्रमा सेन्टरको इर्मजेन्सीमा भर्ना गरिएको हो । गत भदौ २९ गतेदेखि स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाण्डु ल्याइएको हो । उनलाई नेपालगञ्जबाट त्रिभुवन विमानस्थलमा आएका…