काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले यसबर्ष मनसुनको शुरुआतसंगै देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपदबाट भएको क्षति न्यूनीकरणका लागि सरोकार भएका पक्षसँग छलफल गरेका छन् । उनले बाढी, पहिरो र डुबानबाट भएको क्षति र प्रतिकार्यका विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको उच्च नेतृत्व र सम्बन्धित क्षेत्रका विशेषज्ञसँग अलग अलग छलफल गरेका हुन् । सिंहदरबारस्थित…