कोरोनाविरुद्ध एकताबद्ध भई जुध्न मुख्यमन्त्री गुरुङको आग्रह

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वदेश तथा विदेशमा रही कोभिड–१९ विरुद्धको कष्टकर युद्ध लडिरहेका सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ का अवसरमा उनले आज जारी गर्नुभएको शुभकामना सन्देशमा मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको विश्व मानव जातिकै साझा शत्रु कोरोनाविरुद्ध एकताबद्ध भई…