सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी हिजै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित घर आएका थिए । धुलिखेल नपा–७ सरस्वती बजारमा ती पुरुषको…