भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ : अध्यक्ष लिङ्देन

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देश बन्न नसक्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारीहरूले नै सुशासनको गफ दिँदा दुर्गतिमा फस्दै गएको बताए । उनले नेपालको राजनीतिमा आफू सधैं भ्रष्टाचारको विरुद्धमा रहेको बताए । भ्रष्टाचारले गन्हाएका मान्छेहरूले सुशासनको गफ दिएर बसेका छन्…