काठमाण्डु– नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास गरिराखेको भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको छ । मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति र सामाजिक सेवा गरेको महिलालाई हटाउने प्रयास गलत भएकाले त्यसको विरुद्धमा उभिने बताए । उनले भने,‘उहाँहरुको प्रयास त पहिलेदेखि कै हो…