मोदीसँग प्रधानमन्त्री ओलीले वार्ता गरे पनि भारतमा नेपालीको बिचल्ली, दूतावासको फोनै उठ्दैन

शेरबहादुर सिंह/भीमदत्तनगर – विगत ६ वर्षदेखि महाराष्ट्रको मुम्बैस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ । निरन्तरको बसाइले त्यहाँ धेरै घुलमिल उनी यतिबेला कोरोना भाइरसको जोखिम हुन नदिन भारतले लगाएको लकडाउनपछि विचल्लीमा परेका नेपालीलाई सम्पर्कमा ल्याउन व्यस्त छन् । ‘घरबाट बुवा/आमाको रातो टीका र धन…