वन तथा वन्यजन्तुको तस्करी रोक्न मन्त्रालयको निर्देशन

काठमाडौं – वन तथा वातावरण मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर घोषित लकडाउनको अवस्थामा विभिन्न जिल्लामा वन तथा वन्यजन्तुको हानी नोक्सानी हुन नदिन पत्राचार गरेको छ । बुधबार मन्त्रीस्तरीय निर्णयानुसार लकडाउनको अवस्थामा वन तथा वन्यजन्तुको संरक्षणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेको मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले…