बुटवल – कोरोना भाइरसको महामारीमा अस्पताल नआउने पाँच जना चिकित्सकमाथि कारबाही सुरू गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो ८/१० दिनदेखि बिना जानकारी अस्पतालमा उपस्थित भएका छैनन् । अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला अस्पतालको सेवाबाट पछि हट्ने जो कोहीलाई पनि राखिरहन आवश्यक नभएको बताए…