काठमाण्डु– सभामुख देवराज घिमिरे र पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । बुधबार सभामुखले सिंहदरबारमा पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गरेका हुन् । पाकिस्तानको संसदीय प्रतिनिधिमण्डल मंगलबार काठमाण्डुमा सम्पन्न भएको हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए । भेटमा सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे जानकारी…