संघीय सरकारले छ स्थानीय तहलाई सम्मान गर्ने

काठमाण्डु - संघीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो। ‘गाउँपालिका/नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास…