डोटीमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

डोटी - कोभिड -१९ को सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई दिपायल सिलगढी नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मीको तलब स्केलको २५ प्रतिशत सो भत्ता प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख मञ्जु मलासीले बताइन् । उनका अनुसार लकडाउन अवधिमा सबै स्वास्थ्य संस्थालाई इन्धन तथा भाइरसका…