अमेरिकाले नेपाललाई दियो १ हजार थान सिलिण्डर

काठमाण्डु – अमेरिकाले नेपाललाई एक हजार थान सिलिण्डर सहयोग गरेको छ । अमेरिकी सहयोग नियोग (यूएसएड) ले आज एक हजार थान सिलिण्डरहरु स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालयकाअनुसार अमेरिकाले तीनवटा कार्गो जहाजमार्फत् नेपालमा स्वास्थ्य सामग्री पठाउनेछ ।