मच्छिन्द्रनाथको जात्रा विधि छोट्याएर समापन गरियो

काठमाण्डु – नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको जात्रा विधि छोट्याएर समापन गरिएको छ । विगतका वर्षमा पाटनका विभिन्न क्षेत्र परिक्रमा गरी जाउलाखेलमा भोटो देखाउने जात्रापछि मच्छिन्द्रनाथको रथ तानेर बुङ्मती लैजाने गरिन्थ्यो । तर, यस वर्ष महामारीका कारण स्थानीय प्रशासन र जात्रा आयोजकबीच भिड नगरी सीमित व्यक्तिको सहभागितामा जात्रा समापन भएको छ ।…