लन्डनमा कोरोना संक्रमित नेपाली अस्पतालबाट डिस्चार्ज

लन्डन – लन्डनमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण भएकी एक नेपाली महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोभिड–१९ पोजिटिभ देखिएपछि लन्डनको अस्पतालमा भर्ना भएकी भगवती रानाभाट अस्पतालबाट डिस्चार्ज भएकी हुन् । करिब १० दिन अगाडि लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा भर्ना भएकी थिइन । उनले कोरोनाको संक्रमण निको नहुने भन्दै चिन्ता व्यक्त गरेकी…