एक महिनादेखी बेपत्ता दम्पतीको शव भेटियो

काठमाण्डु – एक महिनादेखी बेपत्ता महोत्तरीका एक दम्पतीको शव फेला परेको छ । गत फागुन १० गते घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको शव पिपरा –२मा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको शव पाँच फिट तल गाडिएको अवस्थामा…