काठमाडौं - नेपाल-भारत सीमा नाकाबाट उद्दार गरी नेपाल ल्याइएका एक नेपालीको मृत्यु भएको छ । सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकालीका ६७ वर्षीय जुने लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ । जुनी लोहारको शनिबार बिहान ६ बजे क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी)…