त्रिवि शिक्षण अस्पतालका कोरोना सङ्क्रमितलाई निःशुल्क खानाको व्यवस्था

काठमाण्डु -  त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनको सक्रियतामा कोरोना सङ्क्रमितलाई निःशुल्क खाना खुवाइएको हो । विपद्को समयमा कोरोना सङ्क्रमित भएर अस्पताल बसेका बिरामीलाई थोरै भए…