ललितपुर – ललितपुर महानगरपालिकाले आफ्नै कार्यालयमा स्यानिटाइजर निर्माण गर्ने भएको छ । स्यानिटाइजर बनाउँदा प्रयोग गरिने रसायनको जोखिमलाई ध्यानमा राखी महानगरपालिकाले आफैँ बनाउने निर्णय गरी काम अघि बढाउन लागेको हो । स्यानिटाइजर बनाउन प्रयोग गरिने डिस्टिलेसन सेट, अल्कोहल मिटर, फ्याक्सन डिस्टिलेशन सेट र चिनी कम्पनीबाट उत्पादित स्प्रीटको प्रयोग गरी महानगपालिकाले आफ्नै कार्यालयमा स्यानिटाइजर बनाउन लागेको…