कोरोना विरुद्धको नियमित खोप अभियान स्थगित

काठमाण्डु – कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो प्राथमिकतामा परेकाहरुका लागि फागुन २३ गतेदेखि सञ्चालन गरेको अभियान खोप अभाव भएपछि स्थगित भएको हो । मन्त्रालयले २० दिनका लागि संचालन गरेको दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान १० दिनपछि रोकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।…