काठमाडौं – डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घुससहित भक्तपुर गठ्ठाघरबाट पक्राउ परेकी छन् । दोलखाबाट काठमाडौं जाँदै गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठलाई २ लाख तीन हजार पाँच सय रुपैयाँसहित बिहीबार साँझ पक्राउ गरेको हो ।…