काठमाडौं – सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेकी कोरोना भाइरसबाट संक्रमित ५२ वर्षीया पाना बिक आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी उनी सञ्चो भएर घर फर्किने कोरोना भाइरसबाट संक्रमित चौथौ व्यक्ति हुन् । आज साँझ साढे पाँच बजे सेती प्रादेशिक अस्पतालले उनलाई सञ्चो भएपछि डिस्चार्ज गरेको हो ।…