काठमाडौं – शुक्रबार काठमाडौं उपत्यकामा असिनापानी परेको छ । साथै विभागले प्रि मनसुन पनि सुरु भएको जनाएको छ । काठमाडौं उपत्यकामा लगायत देशका अधिकांश पहाडी भेगमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा साँझसम्म नै वर्षा हुनेछ ।