डोटी – बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण जिल्ला सदरमुकाम सिलगढीका डाँडा काडामा शुक्रबार रातिदेखि बाक्लो हिमपात भएको छ । डोटीसहित यहाँका अन्य पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डडेल्धुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको प्रहरी सञ्चार शाखाले जनाएको छ । हिमपातका कारण यहाँका पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित…