सुनको दैनिक बिक्री कोटा बढाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण

काठमाण्डु – नेपाल सुन चाँदी रत्न तथा आभुषण महासङ्घले सुनको अभावबाट उत्पन्न समस्या समाधान गर्न अर्थमन्त्री विष्णु पौडेललाई आग्रह गरेको छ । महासङ्घले शुक्रवार सुनको चरम अभावबाट उत्पन्न समस्याको सिघ्र समाधान गर्न माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोरोनाभाईरस महामारी र उत्पन्न परिस्थितिको सामना गर्न नेपाल सरकारले गरेको देशव्यापी लकडाउनका कारण सुनको आयातमा…