धनगढीमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

काठमाण्डु – सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि फागुन ३ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो…