काठमाण्डु- प्रतिनिधिसभाको बैठक बुधबार बस्ने भएको छ । बुधबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा बुधबार दिउँसो १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने छन् । त्यसैगरी सभामुख अग्नी सापकोटाले सभासद जगतबहादुर…