काठमाण्डु – काठमाण्डु जिल्ला अदालतमा दुई कर्मचारीबीच कुटाकुट भएको छ । आदेशमा सही गर्ने विषयमा अदालतका दुई कर्मचारीबीच सोमबार कार्यालयमै कुटाकुट भएको हो । न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने १४ नम्बर इजलासमा अदालतका इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोलाबीच कुटाकुट भएको हो । नासु बाँस्तोलाले अधिकृत शर्माको नाकबाट रगत आउने गरी कुटेका छन्…