काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण मौसममा आंशिकदेखि सामान्य बदली हुने भएकाे हाे । अहिले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र गण्डकी तथा बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।…