महिलाले विदेश यात्रा गर्दा परिवारको सिफारिस चाहिने निर्णय गरिएको छैनः अध्यागमन विभाग

काठमाण्डु –  ४० वर्ष मुनिका महिलाले भिजिट भिसामा विदेश यात्रा गर्दा स्थानीय तहको सिफारिस चाहिने गरी नियम संशोधन गर्न लागेको भनी प्रसारण गरिएका समाचारको अध्यागमन विभागले आपत्ति जनाएको छ । अध्यागमन विभागले आज एक विज्ञप्ति जारी गर्दै आन्तरिक छानविन कार्यदलमा सुझावका रुपमा आएको विषयलाई निर्णयका रुपमा प्रचार गरिएको भन्दै त्यसमा कुनै सत्यता नरहेको जनाएको छ…