काठमाडौं – भारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपालीको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट चार जना बालिकासहित उनीहरुको उद्धार गरेको हो । सिल्चारको सो बेश्यालयमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध…