सुर्खेत – उच्च अदालत सुर्खेतले कर्णाली प्रदेशको राजधानी सुर्खेतका निर्माणाधिन सडकबाट निस्कने धुलो निणन्त्रण गर्न सरोकारवालालाई अन्तरिम आदेश दिएको छ। अधिवक्ता शेरबहादुर खत्रीले संघीय, प्रदेश र वीरेन्द्रनगर नगरपालिकाको जिम्मामा रहेका उपत्यकाभित्रका सडक लामो समयसम्म निर्माण र मर्मत सम्पन्न नहुँदा त्यसबाट निस्कने धुलोका कारण नागरिकहरुले सास्ती भोगिरहेको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । न्यायाधीश राजेन्द्र…