आयोजनाहरुलाई छिटो सम्पन्न गर्न स्पीडमा काम गर्दैछौं : खानेपानी मन्त्री

बर्दिया— खानेपानी मन्त्री बिना मगरले अब बन्ने खानेपानी ऐनले खानेपानीसँग सम्बन्धित धेरै किसिमका विवादहरु हल गर्ने बताएकी छिन्। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बर्दियाले आयोजना गरेको ‘स्थानीय स्तरमा खानेपानी तथा सरसफाइको अवस्था, खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतिहरु विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री मगरले खानेपानी ऐनले अहिले देखिएका धेरै विवादहरु हल हुँदै जाने…