काठमाडौँ–तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ । आयोगले बुधबार पर्यटन राज्यमन्त्री धनबहादुर बुढा समक्ष बुझाएको प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको मुख्य कारण मौसम रहेको मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्। यद्यपि, प्रतिवेदनको विस्तृत जानकारी भने बाहिर ल्याइएको छैन। पर्यटनमन्त्री अधिकारीसहित सातजना…