काठमाण्डु - सुर्खेतमा १६ वर्षीया बालिका बलात्कारपछि हत्या गरिएको घटनाको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ । घटनाको सूक्ष्म अध्ययनका लागि प्रहरी निरीक्षकको कमाण्डमा सिआइबीको टोली तथा नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका…