प्रधानमन्त्री कार्की घाइते आन्दोलनकारीहरूलाई भेट्दै

काठमाण्डु - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेन जीहरूको प्रदर्शनमा घाइते भएकाहरूलाई भेट्न अस्पताल जाँदै छन् । प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन् । यस्तै उनी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही…