काठमाण्डु – काठमाण्डुको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा भीषण आगलागी भएको छ । आइतबार बिहान ११ बजेबाट बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट आगलागी सुरु भएको छ । निकुञ्जमा आगो फैलिनेक्रम सुरु भएको छ । आगलागी नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय खटिएका छन् । हेलिकोप्टरमार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए…