पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

काठमाण्डु - सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति करिब ९ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन गन्तव्यमा पुग्न सकेका थिएनन्। प्रहरी र सडक विभागको संयुक्त प्रयासमा पहिरो पन्छाउने काम…