सुनकोशीमा वेपत्ता भएका घलेको शव भेटियो

काठमाडौं – सुनकोशी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक युवकको शव फेला परेको छ । काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा यही कात्तिक १५ गतेदेखि बेपत्ता भएका मिलन घलेकोे शव मंगलबार फेला परेको हो । घलेको शव काभ्रेको चौरी देउराली गाउँपालिका–८ खरेलघाट स्थित सुनकोशी नदीको किनारमा फेला परेको प्रहरीले जनाएको छ…