काठमाण्डु – कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्दै छ । नेपालले प्राप्त गर्ने उक्त खोपको मात्रा आज बिहान सवा ११ बजे भारतबाट नेपाल आइपुग्ने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए । उनले कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने जानकारी दिए…